वीरगञ्ज । प्रहरीले बाराको विभिन्न स्थानबाट लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीले जितपुर सिमरा उप–महानगरपालिका–३ बजनीबाट प्र।२–०३–०१६ प ०८८८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका कलैया उपमहानगरपालिका–१ बस्ने जयशंकर प्रसाद यादव र मनीषकुमार साहलाई ८ सय ९९ पिस लागुओषध फेनारगन, डाइजेपामसहित पक्राउ गरेको हो।
यस्तै, निजगढ नगरपालिका–९ सहिद चोकस्थित बजारबाट १८० ट्याबलेट लागुओषधसहित निजगढ नगरपालिका–८ बुद्ध चोक बस्ने विवेक मोक्तान र जितपुर सिमरा उपमहानगरपालिका–१६ टांगिया बस्ने सागर तामाङलाई प्रहरीले पक्राउ गरेको हो।
लागुऔषधसहित पक्राउ परेका चारै जनालाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।