प्रशान्त महासागर
मेरो कुरा सत्तामा हुनेलाई तीतो लाग्छ भने प्रतिपक्षमा झोक्राउनेलाई मीठो लाग्छ । यसको अर्थ जीवन सत्यमा होईन् स्वार्थले बुनेको छ उनेको छ नबुझ्नु हो । अझ नेवा: सभ्यता कुरा गर्ने भने विश्व चिनाउन पुग्ने यथेष्ट प्रमाणहरु छन् जस्को चिन्ता हामीलाई छैन् । हामीलाई बाँच्नु छ आफ्ना हुर्काउनु छ तर ती हुर्केको जस्तोसुकै होस् कुरा त्यहाँ छैन् । जस्तो कि लुम्बिनी जस्तै अर्को ईन्डियामा बनाईयो, नेपाल ईन्डियाकै प्रान्त भन्न थालिइयो त्यसको सारमा कहिले कहिं विरोध गुञ्जिन्छन् जस्को निर्णय विना गर्भमा तुहिएको सार जस्तै सेलाउँछन् भने हामीसँगै प्रमाण सहित सत्य बोली रहेका संस्कार संरचना एवम् सम्पदा मास्नमा अनुमती हामीबाटै मौन रहि पारित भई रहेका छन् । उदाहरणको लागि सतुंगल अर्थात सातवटा इनार खनेर भविष्यको लागि आवश्यक तत्व सुरक्षित पारिएको सत्ययुगको राजा सत्यब्रतको राज्री सत्यपुर जुन इन्द्रावती र चन्द्रवती टुप्पोमा अवस्थित मत्स्ये अवतारको साक्षी भनिएको छ त्यसको संरक्षण जुट्न सकेका छैन् । वाणसुर राज्य हाम्रै आसपास हुँदा नि त्यसको संरक्षण तथा प्रवर्द्धनमा एकमत हुन सकेका छैनौं । स्वयम्भू पुराणमा उल्लेख भए अनुरुपका पशुपति उत्खनन लगायत ग्वालाहरुको बसोबाससँग सम्बन्धित निशानी मेटाउनुलाई हामी इतिहास मान्दै बाँचेका छौं । यहाँ बाँच्नु सार बिर्सिनु भन्दा हुन्छ किनभने आफ्ना स्वार्थ छन् जस्को कारण हुबहु लुम्बिनी बनाउँदा विरोध गर्ने नेपालीहरुले यहिं सम्पदा रक्षार्थमा आफ्नो बुलन्द बनाउन सकेका छैनन् । सहजता र स्वार्थ बिकेको मान्न सकिन्छ । जीवन खर्च त्यसरी गरेको पाइन्छ्न् भने पछिल्लो संस्कार नै घाँडो हो कि भान गराउने कार्य दोहोरी रहेका छन् । जस्तै कि भाषा बाँचे जाती बाँच्छ भन्नेहरू आफ्नो संस्कार मनाउन विभिन्न विज्ञापन खोजमा जुटेका छन् । वियर ह्विस्किको सहयोग लिएर साँस्कृतिक परम्परा बचाउने अभियान जुटेका छन् कारण आर्थिक संकट भन्न थालेका छन् । सिंगो नेपालको प्रतिनिधित्व गर्ने संस्कार चलाउन राज्यले किन आफ्नो दायित्व महसुस गरिएन् भने त्यही संस्कार चलाउने कुत आउने जग्गाहरुप्रती कसैको कुनै किन भएन् भन्ने प्रश्न के हाम्रो जात्रापर्व वियर ह्विस्किको सहयोगविना चल्दै नचल्ने हो र ? हामी किन स्वार्थ र सहजता छौं आज हामीले सोच्नै पर्छ भने स्थानीय सरकारले जात्रापर्वको लागि आवश्यक वार्षिक बजेट समयको माग बमोजिम दिनैपर्छ जिम्मा लिनैपर्छ भन्ने मेरो जिज्ञासा हो । नेवा: सभ्यता संस्कार छैन् भने नेपाल छैन् यो बुझ्नु आवश्यक छ । कसैले इशाइ नमान्नु संविधान नमान्नु हो भनी मौन बस्ने दिन अबको होईन् । साथै वियर ह्विस्किको विज्ञापनको लागि हाम्रो जात्रापर्व होईन् सम्वत होईन् सरकारले भन्न सक्नुपर्छ ।
अन्तमा, राज्यलाई कर तिर्छन् भन्दैमा वियरह्विस्की लगायत सुर्तीजन्य बस्तुको विज्ञापन जात्रापर्व मनाउनुपर्छ मानसिकता हामीले त्याग्नुपर्छ । कत्ती न देश त्यसकै गुलाम सरि देशको मेरुदण्ड हिमाल स्टिल भनिए झै संस्कार पर्वमा हिंसालाई बढावा दिने तत्वको आडमा सम्पन्न गर्नुहुन्न । कसैको आर्थिक सहयोग सहयोग रुपमा लिन सकिन्छ तर त्यसको प्रवर्द्धनमा सिंगो राष्ट्रिय ध्वजालाई कलंकित पार्ने काम हामीले गर्नुहुन्न । उदाहरणको लागि दक्षिण भारतीय चलचित्रका सुपर नायक अल्लु अर्जुनले गुट्खाको विज्ञापन गर्न मानेनन् जबकी त्यस बापत ४० करोड भारु हात पर्ने थियो । उक्त विज्ञापन यस कारण गरेनन् कि मेरा दर्शकमा म गलत सन्देश दिन चाहन्न एक व्यक्तिको विचार थियो जुन हामीले देशको प्रतिनिधित्व गर्ने सभ्यता नेवा: सभ्यता ती कुरा बोल्न सकिरहेका छैनौं । हामी वियरह्विस्की लगायत सुर्तीजन्य पदार्थसँग आर्थिक हारगुहार गरेर नेपाल सम्वत राष्ट्रिय सम्वत भनी चिच्याई रहेका छौं । पृथ्वीनारायण शाहले यो गर्यो त्यो गर्यो अझ पौष २७ मा कीर्तिपुर १० अवस्थित छ्याकं ल्वहमा थुक्न जम्मा हुन्छौं अफसोच साथ भन्नुपर्छ गोर्खा वियरले यसपालिको जात्रा जस्को अनेक यथार्थता छन् जस्तै सातगाउँले भनिएको जात्रा बखुमद जात्रा हो, सिन्दुर जात्रा हो, बजेट भाषण हो, दिदीबहिनी भेटघाट पर्व हो आदिआदी अनेक हुन् त्यसको गोरखालीको प्रतिनिधित्व गर्ने गोर्खा वियरसँग हामी झुक्नु स्थानीय सरकार हार्नु हो । जात्रापर्व नाङ्गिनु हो । किन हामीले अल्लु अर्जुनले जस्तै संस्कार पर्वमा कठोर निर्णय लिन सकेनौं भन्दाखेर कुत आउने जग्गा स्वार्थले खानु नै हो । त्यसको खोज रक्षा एवम् जिम्मा अबका दिनमा स्थानीय सरकारले लिनुपर्छ । जात्रापर्वको यथोचित विकास, संरक्षण एवम् प्रवर्द्धनको कर्ता हुनैपर्छ । अनि मात्र भाषा बाँचे जाती बाँच्छ बोल्न पाईन्छ्न् । नेपाल सम्बत राष्ट्रिय सम्बत भन्न पाईन्छन् । आदिवासी जनजाती हुँ गर्व गर्न पाईन्छन् । अधिकार खोज्न बाटो अनि मात्र भेटिन्छन् होईन् एक छाक भोज र मागी लाएको लुगाले कोहि कुनै अर्थ रहन्न । कुनै दिवसले विदा खोज्दैमा त्यो अर्थपूर्ण हुन्न । आफ्नो पहिचान धर्म त्यागेर पेशागत कुरा छोडेर त्यसको अधिकार हक खोज्नु आफैलाई थुक्नु हो । र हामी मनुष्य भई बाँची रहँदा जातीय सम्वाद हुन्छन् भने त्यसको अर्थ हुन्न । इतिहास सम्पदा हाम्रा जननी हुन् त्यसको रक्षार्थ माग्ने कुरा वा स्वार्थ हुनुहुन्न । मेरो विचार…..

















