साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले बंगलादेशसँग खेल्ने

28

काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग खेल्ने भएको छ ।

छैटौं संस्करणको साफ यू-१९ महिला च्याम्पियनसिपमा आगामी फेब्रुअरी २ देखि ८ (माघ १९-२५) बंगलादेशको ढाकामा हुनेछ ।

जसमा नेपाल र साविक विजेता बंगलादेशसहित भारत र भुटान गरी चार टोलीले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष बंगलादेशमै भएको प्रतियोगितामा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदै उपविजेता बनेको थियो ।

साफले जारी गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेल फेब्रुअरी २ मा घरेलु टोली बंगलादेशसँग खेल्देछ । यस्तै नेपालले दोस्रो खेल फेब्रुअरी ४ मा भुटानसँग र तेस्रो खेल फेब्रुअरी ६ मा भारतसँग खेल्नेछ ।

चार टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल भएपछि अंक तालिकामा शीर्ष दुईमा रहने टोली फाइनल प्रवेश गर्नेछन् ।

फाइनल खेल फेब्रुअरी ८ मा हुनेछ ।

प्रतियोगिताका सबै खेलहरु ढाकास्थित वीर श्रेष्ठ शहीद सिपाही मोस्ताफा कमल (बीएसएसएसएमके) स्टेडियममा हुनेछ ।

यस प्रतियोगिताका लागि नेपाली टिम बनाउन अखिल नेपाल फुटबल संघ एन्फाले खुल्ला छनोटमार्फत खेलाडी छान्ने घोषणा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here