ललितपुर सुपरलिग फुटबलकाे फाइनल प्रवेश

56

काठमाडौं । ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितको फाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा आज भएको खेलमा ललितपुर सिटी एफसीले  पोखरा थन्डर्सलाई २-१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा पुगेको हो ।

ललितपुर सिटी एफसी र पोखरा थन्डर्सीचको दोस्रो क्वालिफायर खेल अतिरिक्त समयमा गएको थियो । खेलको निर्धारित ९० मिनेटसम्म खेल १-१ गोलको  बराबरीमा सकिएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा गएको हो ।

ललितपुरको जितमा इमो इजिकेल र कुशल देउबाले एक एक  गोल गरेभने पोखराको लागि भने स्टेफन अन्नोरले गोल गरे । पहिलो हाफको इन्जुरी समयमा इजिकेलको गोलमार्फत पोखराले अग्रता लियो । खेलको ७१ औँ मिनेटमा ललितपुरका अन्नोरले गोल गर्दै खेललाई  एक एक गोलको बराबरीमा ल्याए ।

त्यसपछी खेलको ९९ औँ मिनेटमा कुशलको गोल निर्णायक बन्दा ललितपुरले पोखरामाथी २-१ गोलको रोमाञ्चक जित निकाल्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here