काठमाडाैं । कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ क्लब काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
एलिमिनेटर खेलमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन्।
एपीएफले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ८७ रन मात्र बनाउन सक्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो।
इन्दु बर्माले ५० बलमा ३ चौका र १ छक्का मद्धतमा ५६ रनामा नटआउट रहिन्। रोमा थापा १८ रन बनाए। ओपनर ज्योति पाण्डे १२ रनमा बोल्ड आउट भईन्। कप्तान सिता राना मगर ४५ रन बनाउँदा रन आउट भईन्। ३७ बलको सामना गरेकी सिताले ३ चौका र २ छक्का हानिन्।
कोशीका लागि कप्तान रुविना क्षत्रीले एक विकेट लिईन्।


















