विपिन जोशीको रिहाइका लागि प्रयास जारी

44
td' Nxf];f/df ;xefuL cGgk"0f{ -sf:sL_, !% k'; M u'?ª ;d'bfosf] dxfg kj{ td' Nxf];f/ dgfpg cfOtaf/ sf:sLsf] kf]v/f dxfgu/kflnsf– !) /fd3f6l:yt af}4 c3f}{+ ;bgdf ;xefuLx? . tl:a/M wgaxfb'/ u'?ª÷/f;;

कञ्चनपुर ।  परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको जनाउनुभएको छ ।

आज आइतवार महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७ औँ वार्षिकोत्सवका अवसरमा मन्त्री साउदले सरकारले जोशीको रिहाइका लागि शाक्ति राष्ट्रहरूसँग निरन्तर पहल गरिरहेको बताउनुभयो । ‘इजरायल सरकारसँग पनि विपिनको रिहाइका लागि पटक–पटक आग्रह गरेका छौँ’, उहाँले भन्नुभयो, ‘प्यालेस्टाइनसँग राम्रो सम्बन्ध रहेको कतारसँग म आफैँ गएर त्यहाँका प्रधानमन्त्री र विदेशमन्त्रीसँग आग्रह गरेको छु ।’ उहाँले दोस्रो युद्धविराममा विपिनको रिहाइ हुनेमा आश्वस्त पार्नुभयो ।

त्यस अवसरमा विपिनका आमाबुबाले मन्त्री साउदसँग भेट गरी छोराको जीवनरक्षाका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । ‘कतारले दोस्रो युद्धविरामका लागि आफूहरू प्रयासरत रहेको जवाफ दिएको छ, दोस्रो युद्धविराममा वीपिन सकुशल फर्किने अपेक्षा छ’, साउदले भन्नुभयो, ‘पहिलो चरणमा महिला र बालिबालिका प्राथमिकतामा परेको र अब विपिनको रिहाइ हुनेमा आशावादी छौँ ।’ उहाँले नेपाली विद्यार्थीले इजरायलमा ज्यान गुमाउनुपरेको भन्दै दुःख व्यक्त गनुभयो ।

मन्त्री साउदले अहिले छिमेकीसँगको सम्बन्धसमेत सन्तुलितरूपमा अघि बढिरहेको दाबी गर्नुभयो । ‘अन्तर्राष्ट्रिय सम्बन्धमा पनि अत्यन्तै कटुटता आएको जस्तो देखिन्थ्यो’, उहाँले भन्नुभयो, ‘परराष्ट्र नीति छमेकीहरूलाई प्राथमिकता दिएर सन्तुलितरूपमा अघि बढिरहेको छ ।’

मन्त्री साउदले प्रधानमन्त्रीको भारत भ्रमण भएपछि १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालले भारतलाई बिक्री गर्ने र २५ वर्षसम्म भारतले बिजुली किन्ने विषयमा दुई देशबीच सम्झौता भएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here