सर्वोच्चले रविको रिटमा भएको आदेशको त्रुटि सच्यायो

31

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा भएको आदेशमा त्रुटि सच्याइएको छ।

शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले गरेको आदेशको शिर खण्ड ‘क’ चौथो हरफमा आदेश हुनुपर्नेमा फैसला भएकोमा त्यसलाई सच्चाएर आदेश कायम गरिएको हो।

आदेश सच्याउन आइतबार उनीहरूकै इजलासमा पेसी तोकिएको थियो।

लामिछानेलाई पुर्पक्षमा जेल चलान गर्ने उच्च अदालतको आदेशलाई सर्वोच्चले शुक्रबार सदर गरेको थियो। तर, लिखित आदेश सार्वजनिक हुँदा ‘आदेश’ नलेखेको ‘फैसला’ लेखिएपछि सच्याउनका लागि आइतबार पेशी तोकियो।

सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले ‘आदेश’ हुनुपर्नेमा ‘फैसला’ भनेर उल्लेख भएकाले सच्याएर ‘आदेश’ बनाइएको जनाए।

rabi-aadesh-error-1748168917.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here