भारतविरुद्ध राष्ट्रसंघमा उजुरी

316

काठमाडौं÷ भारतले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को स्थायी सदस्यताका लागि गरिरहेको प्रयास र मागदाबीका विरुद्ध गे्रटर नेपाल राष्ट्रिय मोर्चाले विरोध गरेको छ । मोर्चाले गत सोमबार संयुक्त राष्ट्र संघका महासचिव बान कि–मुनलाई ११ बुँदे ज्ञापनपत्र पठाएको छ । मोर्चाले मुनलाई नेपालस्थित संयुक्त राष्ट्रसंघका कन्ट्री डाइरेक्टरका प्रतिनिधि रामबाबु शाहलाई ज्ञापनपत्र बुझाएको हो । मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ज्ञापनपत्र बुझाएपछि प्रतिनिधि शाहले विषयको गम्भीरतालाई हेरेर यो ज्ञापनपत्र सोमबार नै महासचिव बान कि–मुनसमक्ष पठाइदिने जानकारी गराएका थिए ।
उक्त ज्ञापनपत्रमा नेपालविरुद्ध भारतले गरेका ज्यादतीहरूको फेहरिस्तका साथै सार्कक्षेत्रमा सैनिक दम्भ देखाउने भारत संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा रहन योग्य नभएको जिकिर गरिएको छ । भारतलाई सुरक्षा परिषद्मा पु¥याउने हो भने उसले छिमेकी मुलुकहरूमाथि चरम ज्यादती गर्ने वैधानिक प्रमाणपत्र पाएको ठहरिनेछ, ज्ञापनपत्रमा भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here