काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संघीयतासँग सम्बन्धित कानूनहरु तत्काल निर्माण गर्न सरकारसँग माग गरेको छ।
नेपाली कांग्रेसको हालै सम्पन्न केन्द्रीय कार्य समिति बैठकले संघीयताको कार्यान्वयन र जनताको मौलिक हक कार्यान्वयनका लागि संघीयतासँग सम्बन्धी संघीय निजामती सेवा ऐन, संघीय प्रहरी ऐन, विद्यालय शिक्षा ऐन तत्काल पारित गर्न सरकारसँग माग गर्ने निर्णय गरेको हो।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संसदमा पारित हुने क्रममा रहेका संघीयतासम्बन्धी ऐनहरु तत्काल पारित गर्न पार्टीले सरकारसँग माग गरेको जानकारी दिए।
कांग्रेसले संघीयता कार्यान्वयनमा ढिलाइ हुँदा जनतामा निराशा छाएको उल्लेख गर्दै सरकारले त्यससँग सम्बन्धित कानून निर्माणमा ढिलाइ गर्न नहुने निष्कर्ष निकालेको छ।
















