सेयर बजार ओरालो

60

काठमाडौं  । साप्ताहिक कारोबारको चौथो दिन (बुधबार) पनि सेयर बजार ओरालो लागेको छ। साप्ताहिक कारोबारको सुरुवाती दुई दिन आइतबार र सोमबार बढेको सेयर बजार मंगलबारदेखि भने आरोलो लागेको थियो।

बुधबार सेयर बजार परिसूचक (नेप्से) ३८.३५ अंकले घटेर २८९८.३१ अंकमा झरेको छ। मंगलबार पनि नेप्से १०.७८ अंकले घटेर २९३६.६६ बिन्दुमा झरेको थियो।

अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम पनि घटेको छ। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) का अनुसार बुधबार कूल ६ अर्ब २ करोड १३ लाख ११ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। मंगलबार कूल 8 अर्ब ४४ करोड ३४ लाख १९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स सूचक पनि बुधबार ७.८१ अंकले घटेर ५३९.६५ बिन्दुमा झरेको छ।
मंगलबार भने यस्तो सेन्सिटिभ सूचक १.१० अंकले बढेर ५४७.४६ बिन्दुमा उक्लिएको थियो।

बुधबार कारोबारमा आएका कूल २२८ वटा कम्पनीका एक करोड १८ लाख ३७ हजार २१५ कित्ता सेयर किनबेच भएका छन्। आज कारोबारमा आएको २० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। यसैगरी १६५ कम्पनीको सेयर मूल्य घटेको छ भने बाँकी ६ कम्पनीको सेयर मूल्य यथावत रहेको नेप्सेले जानकारी दिएको छ।

आज बुद्धभूमि नेपालको सेयर मूल्य सबैभन्दा धेरै बढेको छ। यस कम्पनीको सेयर मूल्य आज ९.९७ प्रतिशतले बढेको हो। यसैगरी साम्लिङ पावर कम्पनीको सेयर मूल्य पनि ९.९६ प्रतिशतले बढेको छ। आज खरिदबिक्री रकममा २० करोड ३२ लाख रुपैयाँभन्दा बढीसहित अपि पावर अग्रस्थानमा रह्यो। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण भ्याली हाइड्रोपावर र एचआइडीसीएल रहे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here