काठमाडौं । अमेरिकी पूर्व विश्व प्रसिद्ध बक्सिङ खेलाडी माइक टायसनले आफूलाई नेपाल घुम्न जान मन लागेको बताएका छन् ।
इम्पल्सिभ पोडकास्टको २४७ औँ अङ्कमा बौल्दै टायसनले नेपाल घुम्न जान मन लागेको बताएका हुन् ।साथीभाइ तथा अन्य माध्यमबाट नेपालका बारेमा थाहा भएको बताउँदै उनले नेपाल लगायत विश्व भ्रमण गर्न मन लागेको बताएका छन् ।
उनले उक्त पोडकास्टमा नेपाल मन्दिर र हिमालको देश भनेर प्रशंसा पनि गरेका छन् । उनले नेपाल हिमाल नै हिमालको देश भएको र आफू त्यस्तो ठाउँमा जान सधै लालयित हुने पनि बताएका छन् ।
टायसनलाई आफ्नो समयको सबैभन्दा प्रसिद्ध हेवीवेट बक्सरमध्ये एक मानिन्छ । उनले १९८७ देखि १९९० सम्म निर्विवाद विश्व हेवीवेट च्याम्पियनको रूपमा शासन गरे।
२० वर्षको उमेरमा आफ्नो पहिलो बेल्ट दाबी गर्दै, टायसनले हेवीवेट उपाधि जित्ने सबैभन्दा कान्छो बक्सरको रूपमा रेकर्ड राखे । उनी डब्लूबीए, डब्लूबीसी र आइबीएफ शीर्षकहरू एकै साथ जित्ने पहिलो हेवीवेट बक्सर पनि बने ।
उनले बक्सिङ सन् १९८७ देखि सन् २००५ सम्म खेलेका थिए ।


















