अमेरिकाबाट नेपाल पठाइएकाे गाँजासहित तीन पक्राउ

63

काठमाडौं । अमेरिकाबाट पार्सल गरी पठाइएको गाँजासहित जिल्ला प्रहरी कार्यालय बाराले तीन जनालाई पक्राउ गरेको छ।

विदेशबाट लागुऔषध डेलिभरी हुँदैछ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बारा र लागुऔषध ब्यूरो वीरगन्ज शाखाकाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपालिका–१ टोलसिसवा वारीका २२ वर्षीय नैमोदिन मियाँ, वीरगन्जकै टोलबजार छपकैयाका २७ वर्षीय जितेन्द्र साह सोनार र सोही स्थानका २२ वर्षीय कृष्णा सराफ रहेका छन्।

१६ गते दिउँसो ३ बजेतिर बाराको कलैया उपमहानगरपालिका–१ मोतिबागस्थित जिल्ला हुला कार्यालय कलैया नजिकबाट पक्राउ गरिएको हो। विदेशबाट आएको कार्टुनसहित पक्राउ परेका उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट पपकर्न मिक्स ट्रो लेखिएको रातो रंगको टिनको डब्बा भित्र गाँजा ३ तिन प्याकेट, वल्ड फेसनोइड ओटास लेखिएको डब्बाभित्र एक प्याकेट गाँजा, क्वीक ओटास लेखिएको डब्बा भित्र गाँजा १ प्याकेट बरामद भएको छ।उनीहरुको साथबाट जम्मा एक किलो किलो १४६ ग्राम गाँजा बरामद भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here