नेपाल-भारत संयुक्त आयोगको बैठक सकिए

39

काठमाडौं ।  नेपाल-भारत संयुक्त आयोगको बैठक सकिएको छ। काठमाडौंको याक एन्ड यति होटेलमा बिहीबार दिउँसाे परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौं बैठक सकिएको हो। बैठक झण्डै तीन घण्टा चलेको थियो।

बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आजै बिहान काठमाडौं आइपुगेका हुन्। उनकाे साथमा विदेश सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयको नेपाल र भुटान डेस्क सहसचिव अनुराग श्रीवास्तवलगायत रहेका छन्।

नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव सेवा लम्साल, दक्षिण एसिया महाशाखाका सहसचिव भृगु ढुंगाना बैठकमा सहभागी थिए। यस्तै, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र भारतका लागि नेपालका राजदूत शंकर शर्मा पनि बैठकमा सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here