निर्वाचन अधिकृतहरू परिवर्तन

45

काठमाडौं । आगामी  माघ ११ गते हुन लागेकाे राष्ट्रिय सभा निर्वाचनका लागि यसअघि तोकिएका निर्वाचन अधिकृतहरू परिवर्तन भएका छन्। आयोगले बिहीबार विज्ञप्ति जारी गरी यसबारे जानकारी गराइएकाे हो।

आयोगले पुस १२ को निर्णयबाट कोशी प्रदेशका लागि दुर्गाप्रसाद ढुङ्‍गेल, मधेश प्रदेशका लागि नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि कृपासुर कार्की, कर्णाली प्रदेशका लागि विष्णुप्रसाद अर्याल र सुदूरपश्‍चिम प्रदेशका लागि ओम प्रसाद अर्याललाई निर्वाचन अधिकृत तोकेको थियो।

तर न्याय परिषद्को पुस १८ मा बसेको बैठकले कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि निर्वाचन अधिकृत तोकिएका क्रमशः ढुङ्गेल, सुवेदी, बास्तोला, कार्की, अर्याल र अर्याललाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्त गरेको थियो।

यसका साथै, बागमती प्रदेशका लागि निर्वाचन अधिकृत तोकिएका कार्कीले आफूलाई स्वास्थ्य समस्याका कारण निर्वाचन अधिकृतको पदमा रही काम गर्न असमर्थ भएको भनी निवेदन दिएका थिए।

बिहीबारदेखि आयोगले नै लागू हुने गरेर निर्वाचन अधिकृतको पदमा नयाँ नामहरूलाई नियुक्त गरेको छ-
कोशी- विष्णुप्रसाद गौतम- मोरङ जिल्ला अदालत
मधेश- चित्रबहादुर गुरुङ- धनुषा जिल्ला अदालत
बागमती- श्रीप्रसाद संजेल- मकवानपुर जिल्ला अदालत
गण्डकी- ऋषिराम आचार्य- कास्की जिल्ला अदालत
लुम्बिनी- कुलप्रसाद पाण्डे- दाङ जिल्ला अदालत
कर्णाली- मनोज श्रेष्ठ- सुर्खेत जिल्ला अदालत
सुदूरपश्चिम- विष्णुप्रसाद अवस्थी- कैलाली जिल्ला अदालत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here