राष्ट्रियसभामा तीन सिट पाउनुपर्ने माकुनेकाे अडान

52

काठमाडौं । एकीकृत समाजवादीले राष्ट्रियसभामा आफ्नो दलले तीन सिट पाउनुपर्ने अडान सत्ता गठबन्धनमा राखेको छ ।

राष्ट्रियसभाको १९ सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । नेताहरुका अनुसार नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी मिलेको छैन ।

कांग्रेस–माओवादी नेताहरुले गरेको भागबण्डामा कांग्रेस १०, माओवादी केन्द्र ६, एकीकृत समाजवादी २ र जनता समाजवादी पार्टीले एक सिट लिने भन्ने छ ।  तर त्यसमा एकीकृत समाजवादीले मानेको छैन । उसले आफूले ३ सिट पाउनुपर्ने अडान राखेको छ ।

आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पनि एकीकृत समाजवादीका नेताहरुले तीन सिट पाउनुपर्ने आफूहरुको बटमलाइन भएको जनाएका छन् । ‘हिजो पनि हामीले त्यही भनेका हौं, आज पनि ३ सिट बटमलाइन हो भनेर उठेको छौं’ महासचिव घनश्याम भुसालले जनाए ।

एकीकृत समाजवादीले ३ सिट लिने अवस्था बन्यो भने कांग्रेसको एक सिट घट्ने छ र ९ हुनेछ । स्रोतका अनुसार ३ सिट नदिने हो आफूहरुले सबैतिर उम्मेदवार उठाउने एकीकृत समाजवादीको चेतावनी छ । ‘एकीकृत समाजवादीका नेताहरुले तेस्रो सिट दिन नसक्ने हो भने एउटा मन्त्री दिनुपर्छ भनेर भनेका छन्,’ एक नेता भन्छन्, ‘त्यसमा लिखित सहमति भयो भने एकीकृत समाजवादी २ सिटमा मान्न सक्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here