कोशी प्रदेशमा कृष्ण सिटौलाकाे उम्मेदवारी

28

काठमाडौं ।  नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्।

सोमबार विराटनगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर सिटौलाले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

सिटौलाको प्रस्तावकमा प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की रहेका छन्। सिटौलालाई आइतबार कांग्रेस संसदीय बोर्डको बैठकले राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here