ब्राजिलकाे नयाँ प्रशिक्षकमा डोरिबल सिभेट्रि जुनियर

53

एजेन्सी । ब्राजिलले आफ्नो नयाँ प्रशिक्षकका रुपमा डोरिबल सिभेट्रि जुनियरलाई अनुबन्ध गरेको छ ।

ब्राजिलले अन्तरिम प्रशिक्षक फेर्नान्डो डिनिजलाई जिम्मेवारीबाट मुक्त गरेसँगै उनलाई जुनियरलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ ।

जुनियर ब्राजिलियन क्लब साव पाउलो एफसीबाट राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा आएका हुन् ।

सन् २००२ बाट प्रशिक्षकको यात्रा थालनि गरेका उनले अहिले राष्ट्रिय टोली सम्हाल्ने जिम्मेवारी पाएका छन् । जुनियर सबै ब्राजिलियन क्लबहरुमा आवद्ध भए ।

२२ वर्षको प्रशिक्षकको यात्रामा उनले २६ वटा नियुक्ति पाएका छन् । जसमा सान्टोस, साव पाउलो र फालमेङ्गोमा दुई–दुई पटक प्रशिक्षकको रुपमा नियुत्त भए ।

क्लब करियरमा पनि उनी एकै समय धेरै क्लबहरुमा टिक्न सकेको इतिहास छैन् । मिडफिल्डरको रुपमा खेल्ने उनले सन् १९८२ बाट प्रोफेसनल फुटबलरको रुपमा यात्रा थालनी गरे ।

सन् १९८२ बाट उनले १३ पटक क्लबमा अनुबन्ध भए । ब्राजिलियन प्रशिक्षक जुनियरको प्रशिक्षकको यात्रामा पनि लामो समय एकै टोलीमा टिक्न नसक्ने छवि छ ।

तर, राष्ट्रिय टोली नै सम्हाल्न लागेका उनले ब्राजिलको टोलीलाई राम्रो स्थानमा लिएर लामो समय टिक्ने अनुमान गरिएको छ ।

ब्राजिलले स्थायी प्रशिक्षक नियुक्त गर्ने तयारी स्वरुप ब्राजिलले डिनिजलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरेको हो ।
डिनिजको एक वर्षको सम्झौता अझै बाँकीनै थियो ।

उनले सन् २०२६ को विश्वकप छनोटका ६ खेलमा ३ मा हार, १ मा बराबरी र २ मा जितको नतिजा निकालेका थिए ।

ब्राजिल विश्वकपको दक्षिण अमेरिकी छनोट तालिकाको छैटौं स्थानमा रहेको छ । डिनिजले ब्राजिलको राष्ट्रिय टिमसँगै फ्लुमिनेन्सको समेत नेतृत्व गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here