जसपाले राष्ट्रियसभा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने

54

काठमाडाैं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रियसभा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने भएको छ । जसपाले मधेस प्रदेशबाट उनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

चार दलीय सत्ता गठबन्धनमा भएको भागबण्डाअनुसार १९ सिटका लागि हुने निर्वाचनमा जसपाले एक सिट पाएको छ । उक्त सिटमा रौतहटकी चौधरीलाई जसपाले उम्मेदवार बनाउन लागेको हो । उनी जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी हुन् । गतवर्ष भएको प्रदेशसभा निर्वाचनमा चौधरी रौतहट ३ (क) मा पराजित भएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here