बेलायतमा मुक्तक संग्रह प्रवासी मन विमाेचन

73

काठमाडाैं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरको आयोजनामा गत पुस २१ गते शनिवार डायस्पोरामा सक्रिय साहित्यकार प्रतिमा केसी ‘प्रवासी’ को हालै प्रकासित मुक्तक संग्रह “प्रवासी मन”एक कार्यक्रम बीच विमोचन गरिएको छ ।

उक्त कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनवीचका नेपाली मूलका उपमेयर जीत रानाभाट, कवि भूपी शेरचनका समकालीन डा. बीरेन्द्र अमात्य, अनेसासका सल्लाहकार द्वय डा. रुपक श्रेष्ठ र सुमल कुमार गुरुङ्गले संयुक्त रुपमा उक्त कृतिको विमोचन गरेका थिए ।

कृति नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडाैं र सहिद नारायण पोख्रेल रामापुर क्याम्पस रुपन्देहीमा पनि गत मंसीर महिनामा भव्य समारोह बीच विमोचन गरिएको थियो । प्रवासी मन मुक्तक संग्रहमा एक हजार एक सय बाह्रवटा मुक्तकहरु समावेश छन् जुन अहिले सम्मको सबैभन्दा ठूलो संख्याको कृति मानिएको छ ।

रुपन्देही जिल्लाको सैनामैना घर भै हाल बेलायतमा बसोबास गर्दै आउनु भएका प्रतिमा केसी विभिन्न साहित्यक तथा सामाजिक संघसंस्थामा सक्रिय नाम हो । उनी हाल अनेसास बेलायतको कोषाध्यक्ष तथा बेलायत मुक्तक प्रतिष्ठानको उपाध्यक्ष रहेकी छन् ।

प्रतिमा केसीको कविता संग्रह “पानीको विद्रोह” २०७५ सालमा प्रकासित भएको थियो भने बिभिन्न प्रकासनहरुमा उनका फुटकर रचनाहरु प्रकासित रहेका छन् । अनेसासबेलायत च्याप्टरले अंग्रेजी नयाँ वर्ष २०२४ कोउपलक्ष्यमा शुभकामना आदान प्रदान, नेपाली साहित्यकामूर्धन्य साहित्यकारहरुको सम्झना, अनेसास बेलायतका सदस्यहरुको हालै प्रकासित कृतिहरुको विमोचन तथा कृतिकारहरुको सम्मानमासो कार्यक्रम आयोजना गरेको थियो।सोही कार्यक्रममा अनेसासका सदस्य जीत बहादुर बुढाथोकी छन्त्यालको मुक्तक संग्रह “यानीमाया” र डा. रुपक श्रेष्ठ सम्पादित “सरुभक्तका मुक्तकहरु” को पनि विमोचन गरिएको थियो।

स्थानीय विभिन्न संघसंस्थाको प्रतिनिधि तथा साहित्यकारहरुको उपस्थिती रहेको कार्यक्रममा सर्जकहरु प्रतिमा केसी र जीत बहादुर छन्त्यालले आफ्नो कृति बारे संक्षिप्त चर्चा गर्दै केही मुक्तकहरु वाचन गरेका थिए भने डा. रुपक श्रेष्ठले सरुभक्तको मुक्तकको इतिहास र संरचनागत पक्षबारे चर्चा गर्दै उनका केही मुक्तकहरु वाचन गरेका थिए ।

त्यसै गरी कार्यक्रममा सहभागी साहित्यकारहरुले आफ्नो रचना समेत वाचन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रोयल बरो अफ ग्रीनविचका डेपुटी मेयर जीत रानाभाटले सम्मानित श्रष्टाहरुलाई बधाई ज्ञापन गर्दै यस्तो कार्यक्रमले हामी सबैलाई नेपालर नेपाली साहित्यसंग निरन्तर जोड्ने र नेपालीत्व बचाउने कुरा जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here