काठमाडौं । पछिल्लो दुई दिनको अवधिमा सेयर बजार परिसूचक ५६ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार २६ अंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेपनि त्यसयता निरन्तर उच्च अंकले बढेको हो ।
हिजो सोमबार नेप्से ३६ अंकले बढ्दा ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । हिजो र आजको कारोबार रकम जोड्दा १० अर्ब ७७ करोड रुपैयाँभन्दा बढी हुन्छ । आज परिसूचक २० अंकले बढ्दा ६ अर्ब ११ करोड रुपैयाँको कारोबार भएको छ ।
यसक्रममा आज नेप्सेमा ६ अर्ब ११ करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको छ भने १ करोड ७९ लाख कित्ता सेयर किनबेच भएको छ । यस्तै, ८ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
परिसूचक दोहोरो अंकले बढेपनि तीन समूहको सूचकमा गिरावट आएको छ । जलविद्युत समूहको सूचक ११ अंकले घट्दा उत्पादनमूलक समूहको सूचक २ र म्यूचुअल फण्ड समूहको सूचक ०.०२ अंकले घटेको छ । यसबाहेक विकास बैंक समूहको सूचकमा २०६ अंकको वृद्धि आएको छ ।
यस्तै, होटल र पर्यटन समूहको सूचकमा १५२ अंकको वृद्धि आउँदा जीवन बीमा समूह १०१ अंकले बढेको छ ।

















