त्रिभुवनबाट १ सय १ थान राहदानीसहित २ जना पक्राउ

54

काठमाडौं । १ सय १ थान राहदानीसहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका-३ का ३८ वर्षीय अमित बोगटी र नवलपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका-७ की ३८ वर्षीया सोनी कुमारी गुरुङ रहेको प्रहरीले जनाएको छ।

उनीहरुको साथबाट १ सय १ थान राहदानीसहित ७९ थान प्रहरी चारित्रिक प्रमाणपत्रपनि बरामद गरिएको प्रहरीले जनाएको छ। नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनीहरूको लगेजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान पछाडी व्यागेज एरियामा एक्सरे गर्ने क्रममा लगेजबाट शंकास्पद रुपमा उक्त राहदानी र प्रहरी चारित्रिक प्रमाणपत्र वाह्‍य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूलाई थप आवश्यक अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज लगिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here