ज्ञानेन्द्र शाही समर्थक र युटुबर बिच झडप, शाही प्रहरीको नियन्त्रणमा

736

काठमायडौ : भ्रष्टाचार विरोधी अभियन्ताका रुपमा आफुलाइ परिचित गर्दै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) लाई प्रहरीले ललितपुरबाट नियन्त्रणमा लिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यस बारेमा जानकारी दिने बताउँदै पत्रकार बोलाएका थिए। शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो भिड लागेको थियो। कार्यक्रमस्थलमा युटुबरसँगै सर्वसारधण पनि सोधेर प्रश्न गरेका थिए।

शाहीका गतिविधिलाई लिएर सर्वसाधरणले पनि आक्रमक प्रश्न गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यसक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबिच झडप भएको हो। स्थितिलाई नियन्त्रणमा लिन प्रहरीद्वारा बल प्रयोग गरिएको छ। त्यसक्रममा सर्वसाधरण, युटुबर र शाही समर्थकबीच हात हालाहाल भएपछि प्रहरी पुगेर हस्तक्षेप गरेको हो।

ललितपुर प्रहरीका इन्सपेक्टर माधव केसीसहितको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो। उनलाई सुरक्षा दिएर राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए। शाही र उनका समर्थकले जहाज ढिलो गरेको भन्दै पर्यटन मन्त्री योगेश भट्टराईमाथि शनिबार साँझ नेपालगन्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here