काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले दुई ब्रोकर कम्पनीको कारोबार मंगलबारको लागि रोक्का गरेको छ। नेप्सेले ब्रोकर नम्बर ८२ ले परिचित एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई कारबाही गर्दै निलम्बन गरेको छ।
नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ। के कारण कारबाही गरिएको हो भन्ने कुरा भने खुलाइएको छैन।
नेप्सेले निलम्बन गरेको एक ब्रोकरका अनुसार भने यो आजको कारोबारलाई मात्र नेप्सेले दिएको लिमिट सकिएको सुचना हो। मंगलबार ३ बज्न १० मिनेट अगाडी मात्र लिमिट सकिएको समेत उनले बताए। बुधबार आफ्ना ग्राहकले कारोबार गर्दा केहि समस्या नहुने उनले बताए।



















