मित्र राष्ट्र चीन ताजकिस्तानसंग बराबरीमा रोकिए

74

एजेन्सी । एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपअन्तर्गत खेलमा मित्र राष्ट्र चीन ताजकिस्तानसंग बराबरीमा रोकिएको छ ।

सनिवारको दोस्रो खेलमा चीन ताजकिस्तानसंग गोलरहित बराबरीमा रोकिएको हो ।

कतारस्थित अब्दुल्लाह बिन नासेर बिन खालिफा रंगशालामा भएको खेल बराबरीमा सकिएसंगै दुबै टोलीले एक–एक अंक बाँधेका छन् ।

योसंगै समूह ‘ए’ मा चीन दोस्रो स्थानमा रहँदा ताजकिस्तान तेस्रोमा रहेको छ ।

यता, सनिवार नै अहमद बिन अली रंगशालामा सम्पन्न पहिलो खेलमा छिमेकी राष्ट्र भारत बलियो अष्ट्रेलियासंग २–० ले पराजित भयो ।

बलियो अष्ट्रेलियालाई पहिलो हाफ गोलरहित बराबरीमा रोकेतापनि दोस्रो हाफमा रोक्न नसक्दा भारत पराजित भयो ।

अष्ट्रेलियाका लागि दोस्रो हाफको ५० औं मिनेटमा ज्याक्सन इर्भिनले गोल गर्दै सुरुवाती अग्रता दिलाए ।

त्यसपछि ७३ औं मिनेटमा रिले म्याकग्रीको असिस्टमा जोर्डन बोसले गोल थप्दा अष्ट्रेलिया २–० ले विजयी भयो ।

सहज जितसंगै अष्ट्रेलियाले समूह ‘बी’ मा ३ अंक जोड्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here