वेलिङ्टन । न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री जकिन्डा आर्डेनले विवाह गरेकी छिन् । उनले प्रेमी क्लार्क गेफोर्डसँग शनिवार विवाह गरेकी हुन् ।
परिवारका सदस्यहरू, साथीहरू र केही नजिकका राजनीतिज्ञ सहकर्मीहरूको उपस्थितिमा आयोजित सानो समारोहमा उनको विवाह भएको हो । न्युजिल्यान्डको नर्थ आइल्यान्डको हक्स बेमा कडा सुरक्षाबीच सो समारोह आयोजना गरिएको थियो ।
सो समारोहमा पूर्वप्रधानमन्त्री क्रिस हिपकिन्स पनि उपस्थित थिए ।
जकिन्डा र क्लार्कबीचको लगभग पाँच वर्षको सम्बन्ध विवाहमा परिणत भएको बताइएको छ। उनीहरूबीच सन् २०२२ मा विवाहको मिति तय भएको थियो । तर कोभिड–१९ महामारीका कारण स्थगन गरिएको थियो।

















