प्रा.डा.ताराकान्त पाण्डेयको निधनप्रति श्रद्धाञ्जली वक्तव्य

178

काठमाडाैं ।  नेपाली प्रगतिवादी साहित्य, जनवादी तथा समाजवादी सांस्कृतिक आन्दोलन र माक्र्सवादी सौन्दर्य चिन्तनको क्षेत्रमा अग्रपंक्तिमा रहेर स्थापित व्यक्तित्वका रुपमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएका प्रा.डा.ताराकान्त पाण्डेयको ६३ वर्षको उमेरमै यही २०८० पौष २७ गते दाङ भालुवाङमा बस दुर्घटनामा परी आकस्मिक रुपमा निधन भएको छ ।

कमरेड ताराकान्त पाण्डेय इच्छुक सांस्कृतिक प्रतिष्ठानको अध्यक्षका साथै पार्टीको केन्द्रीय स्कूलिङ विभागमा कार्यरत हुनुहुन्थ्यो । ७ नं. तथा ६ नं. प्रदेश र प्रवास ‘क’ क्षेत्रको संयुक्त स्कूलिङ कार्यक्रममा प्रशिक्षण दिएर काठमाडौं फर्कने क्रममा हुन गएको उहाँको निधनले हामी अत्यन्तै स्तब्ध तथा भावविह्वल भएका छौं । उहाँको निधनबाट साहित्यक तथा सांस्कृतिक आन्दोलनका साथै बौद्धिक आन्दोलनका क्षेत्रमा समेत अपूरणीय क्षति हुन गएको छ ।

उहाँकी श्रीमती, एक छोरी र ज्वाईं हुनुहुन्छ । हाम्रो पार्टी यस दुःखद् घडीमा कमरेड ताराकान्त पाण्डेयप्रति भावपूर्व श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना समेत व्यक्त गर्दछ । यो बेला हामी शोकलाई शक्तिमा बदल्दै दृढतापूर्वक अगाडि बढ्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here