काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले साउदी अरेबियामा हुने वाफ महिला च्याम्पियनसिपमा सहभागिता जनाउने भएको छ ।
मंगलबार बसेको अखिल नेपाल फुटबल संघ ( एन्फा) को आपतकालिन समितिको बैठकले नेपालले फेब्रुअरी १९ देखि २८ सम्म हुने प्रतियोगितामा सहभागिता जनाउने निर्णय गरेको हो ।
वाफ च्याम्पियनसिप गल्फ राष्ट्रहरु प्रतिस्पर्धा गर्ने प्रतियोगिता हो । नेपालले यसमा आमन्त्रित टोलीका रूपमा सहभागिता जनाउन लागेको हो ।
यसैगरी बैठकले किङ्घई प्रान्तको युवा टोली र नेपाली युवा टोलीबीच हुने मैत्रीपूर्ण खेलका लागि टिकर दर साधारणतर्फ ३ सय र भिआइपीतर्फ ५ सय तोक्ने निर्णय पनि गरेको छ ।