पाकिस्तानमा इरानको आक्रमण

21

काठमाडौं । इरानले मंगलबार पाकिस्तानमा हवाई आक्रमण गरेको छ ।

आक्रमणमा दुई बालबालिकाको ज्यान गएको छ भने कम्तीमा चारजना घाइते भएका छन् ।

पाकिस्तानले आफ्नो भूमिमा इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै बदला लिने चेतावनी दिएको छ।

इरानले पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको कोह–ए–सब्ज क्षेत्रमा सुन्नी लडाकु समूहको अड्डा लक्षित आक्रमण गरेको जनाइएको छ ।

जैश अल–अदलका दुई किल्ला ध्वस्त पार्न ‘सटीक मिसाइल र ड्रोन हमला’ गरेको इरानले जनाएको छ । सुन्नी लडाकु समूह जैश अल–अदल इरानमा जैश अल–धुल्म भनेर चिनिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here