सुनको मूल्यमा भारी गिरावट

53

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुन–चाँदी व्यवसाय महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १२ रुपैयाँले घटेको जनाएको छ ।

१ लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुनको भाउ तोलाको १ लाख १७ हजार ६५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

मंगलबार छापावाल सुनको मूल्य १ लाख १९ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ८५० रुपैयाँ थियो ।

बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ प्रतितोला १४ सय १५ रुपैयाँ कायम रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here