बजारमा विभिन्न खाले ल्यापटप पाइन्छ । प्रायः जसाेकाे चाहाना सस्ताे, राम्राे भरपर्दाे गुणास्तरीय चाहाना राखेकाे हुन्छ । तसर्थ लामो समयसम्म ब्याट्री ब्याकअप दिने, राम्रो पर्फर्मेन्स भएको, पोर्टेबल र हल्का खाले ल्यापटप लिनु उपयुक्त मानिन्छ ।
ल्यापटप किन्दा खेरी स्क्रिन साइजमा पनि विशेष ध्यान दिनु पर्दछ । कम्तीमा १४ इन्चका ल्यापटप किन्नु राम्रो हुन्छ । यसले राम्रो भिजुअल एक्सपेरिएन्स गराउँछ र आँखालाई पनि कम सास्ती हुन्छ ।
ल्यापटपमा अध्ययनको काम मात्रै गर्नुहुन्छ भने ४ जिबी र्याम भएको ल्यापटप प्रयोग गर्दा पनि हुन्छ । आवश्यकताअनुसार र्याम बढाउन पनि सकिन्छ । मल्टिटास्किङ (भिजुअल इडिटिङ, संगीत सुन्ने, ब्याकग्राउन्डमा विभिन्न सफ्टवेयर तथा एप्लिकेसनहरू चलाउनेलगायत) काम गर्नका लागि कम्तीमा आइफाइभ प्रोसेसर भएको, ८ जिबी र्याम र २ सय ५६ जिबी एसएसडीयुक्त ल्यापटप राम्रो हुन्छ ।


















