काठमाडौं । न्युजिल्यान्डले आईसीसी यू-१९ विश्वकप २०२४ अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालविरुद्ध १०० रन पूरा गरेको छ ।
टस हारेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले २४ ओभरमा ३ विकेट गुमाउँदै १०० रन बनाएको छ ।
त्यसअघि १९ औं ओभरको तेस्रो बलमा एक रन लिनेक्रममा ओस्कर ज्याक्सनलाई स्क्वायर लेगबाट अर्जुन कुमालले डाइरेक्ट स्टम्प ताकेका थिए । ओस्कर आउट सम्झेर पभेलियनतर्फ फर्किसकेका थिए । तर टिभी रिप्लेमा केहि सेकेन्डले मात्रै रन आउट हुनबाट जोगिएपछि पुन ब्याटिङ गर्न फर्किएका थिए ।
न्युजिल्यान्डलाई ओपनर टम जोन्स र ल्यूक वाटसनले पहिलो विकेटका लागि १०.१ ओभरमा ५३ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।
स्पिनर सुवास भण्डारीले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे ।
नेपाललाई दोस्रो सफलता लेगस्पिनर तिलक भण्डारीले दिलाएका थिए । तिलकले ओपनर टम जोन्सलाई ३३ रनमा बोल्ड आउट गरे । उनले ४५ बलमा ५ चौका प्रहार गरेका थिए । १५ औं ओभरको तेस्रो बलमा दीपेश कँडेलले ओलिभर टेवाटियालाई शून्यमा क्याच आउट गराए । उनी विकेटकिपर उत्तमथापा मगरबाट क्याच हुँदै शून्यमा पेभिलिएन फर्किएका थिए ।

















