साताको पहिलो दिन नेप्से ओरालो

23

काठमाडाैं । शेयर बजार परिसूचक नेप्से साताको पहिलो दिन नै ओरालो लागेको छ। अघिल्लो साता बुधबार र बिहीबार लगातार घटेको नेप्से आइतबार पनि २५.६३ अंकले घटेर दुई हजार १३०.१८ विन्दुमा पुगेको छ।

आज ३०८ कम्पनीको दुई करोड २८ लाख २० हजार २७९ कित्ता शेयरको ७ अर्ब ६७ अरब ७७ लाख ४० हजार रुपैयाँ कारोबार भएको छ। हाइड्रोको उपसमूह थोरै (०.२० प्रतिशत) र अन्य उपसमूहको शेयर (१.३८ प्रतिशत)ले बढेको छ। समग्रमा शेयर बजार राताम्मे बनेको छ।

आँखुखोला जलविद्युत्, समाज लघुवित्तीय संस्था, हिमालयन लघुवित्तीय संस्था, मध्य सोलु हाइड्रोपावरले ९ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ। समग्रमा हाइड्रोपावर बढे पनि सीएचडीसी हाइड्रोपावर, मोलुङ हाइड्रोपावर, बाराही हाइड्रोपावरको शेयर भने क्रमशः ८, ७ र ६ प्रतिशतले ओरालो लागेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here