संस्कृति बचाउन निरन्तर रूपमा लागि रहनु भएका रूद्रायणी देवगणहरूलाई नेवाः परम्परा अनुसार दोसल्ला ओढाएर सम्मान गरिएको कार्यक्रममा श्री रुद्रायणी देवगण परिवारका अध्यक्ष उदय कुमार महर्जनले धन भएर नभई भित्री हृदयदेखि हामी सम्पूर्ण रुद्रायणी देवगण (परिवार)लाई सम्मानित गरिएकोमा कार्यक्रमका सभापति कृष्ण डंगोलको हरेक पाइलामा उत्तरोत्तर प्रगति तथा सफलता कामना गरी कुटुपुखू भजन खलःले विश्वभर ख्वनालाई विश्व प्रचार गर्न सफल भएकोमा हार्दिक आभार व्यक्त गरे ।
सांगितिक दाफा, कुमारी नृत्यदेखि लिएर गायक रोजमान महर्जन, गायिका निशा देशारले अयला लुया तथा निशा देशार तथा गायक किरण अमात्यले हेरा माया मैचाको सांगितिक प्रस्तुतिले दर्शककाे मन जितेकाे कार्यक्रममा अन्य कलाकलाहरुले समेत आ-आफ्नो सांगितिक प्रस्तुति दिएको थियो ।
रूद्रायणी १२ बर्षे जात्राको अवसर पारेर सम्मान गरिएको कार्यक्रममा नेपालभाषाको अहिले चर्चित रहेको दर्शकको मन जित्न समेत सफल रहेको अय्ला लुवया व हिरामाया मैचा म्यूजिक भिडियो बनाउने टोली तथा का कलाकाहरु तथा अय्ला लुवायाका कलाकारहरु मनोज महर्जन, नेरिशा महर्जन, दिपिशा डंगोल, निशा डंगोल, निश्चल डंगोल, अतुल डंगोल, प्रज्वल महर्जन, हसिना महर्जन तथा हेरामाया मैचाका कलाकलाकाहरु पल्पसा श्रेष्ठ, कृशा अमात्य, सुदित श्रेष्ठ, सुवास बोमजानहरुलाई सम्मान गरिएको थियो ।
रेडियो नेसन १०३.९ का सञ्चारकर्मी पवित्र कुमार महर्जनले सञ्चालन गरिएको कार्यक्रममा कृष्ण डंगोलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
राजा अमर मल्लले चलाएको यस रूद्रायणी देवगण १२ बर्षे नृत्य अहिले काठमाडौं उपत्यकाका काठमाडौंकाे बसन्तपुर दरबार स्क्वायर , भक्तपुर दरबार स्क्वायर, ललितपुर दरबार स्क्वायर, कीर्तिपुरकाे लाय्कु चन्द्रागिरी नगरपालिकाकाे ल्होखा, समेत देखाउने चलन रहेको छ ।


















