काठमाडौं । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ । रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो ।
गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए । गत भदौमा रुसी सेनामा भर्ती हुन पुगेका उनको मृत्युको खबर गत पुस १२ गते परिवारलाई आइपुगेको थियो । मृतक मोक्तानसँगै रुसी सेनामा पुगेका साथीहरुले परिवारलाई उनको मृत्युको खबर पठाएका थिए ।
त्यसपछि उनकाबारे थप कुनै खबर आएको थिएन । गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर गलानले तीन दिन अघिमात्र रुसबाट उनको मृत्युको फोटोहरु आएको जनाईएको छ ।


















