शुक्रराज ट्रपिकलले ओपीडीमा १ लाख ६ सय १९  बिरामीलाई दिए सेवा

14

काठमाडौं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले एक वर्षमा ओपीडीमा १ लाख ६ सय १९  बिरामीलाई उपचार सेवा दिएको छ।

अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार आर्थिक वर्ष २०७९/०८० मा एक लाखभन्दा बढी बिरामीलाई अस्पतालले ओपीडी सेवा दिइएको हो।
निर्देशक बसौलाका अनुसार उक्त अवधिमा दुई हजार बिरामीले अस्पतालबाट अन्तरंग सेवा तथा  १२ हजारले अस्पतालबाट आकस्मिक स्वास्थ्य सेवा लिएका थिए। सामाजिक सेवा इकाई अन्तर्गत भने १६ सय ८२ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

त्यस्तै बिरामीको उपचारतर्फ यूएसजीतर्फ ३ हजार ३ सय ९०, ईसीजी सेवा १ हजार २ सय ५५ जनाले, ७ सय ३४ जनाले सीटी स्क्यान, २८ हजार ७ सय ४१ जनाले एक्सरे सेवा तथा ८६ हजार ८ सय ८२ जनाले अस्पतालबाट विभिन्न प्रकारको प्याथोलोजी सेवा लिएको तथ्यांक छ।

त्यस्तै गत वर्ष अस्पतालबाट ८१ जना कोरोनाका बिरामीहरुलाई अस्पतालले उपचार गरेको थियो। जसमा ८० जना निको भएर घर फर्किएका थिए भने एक जनाको मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here