31

काठमाडौं चिनियाँ कम्युनिष्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग उपप्रमुख सुन हैयान नेपाल आइपुगेकी छन्। उच्चस्तरीय राजनीतिक भेटघाटका लागि उनी नेपाल आइपुगेकीहुन्।

आज बिहान उनी तीन दिने भ्रमणका लागि काठमाडौँ ओर्लिएकी हुन्। तीन दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने छिन्।

शनिबार बिहान ९ बजे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटघाट गर्ने छिन्। शनिबार साढे ११ बजे नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्ने कार्यक्रम छ।

आइतबार ९ देखि ११ बजेसम्म सोल्टी होटलमा हुने एउटा कार्यक्रममा उनी सहभागी हुने छिन्। आइतबार ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने तय भएको छ। आइतबार नै उनले माओवादी केन्द्रका दोस्रो तहका नेताहरुसँग पनि भेटघाट गर्ने छिन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here