काठमाडाैं । नेपाली सिनेमा हलमा प्रदर्शनरत डकुमेन्ट्री ‘ढोरपाटन’ तेस्रो सातामा प्रवेश गरेको छ।
यस डकुमेन्ट्रीले दर्शकहरुको राम्रो साथ पाइरहेको निर्माता तथा निर्देशक राजन कठेत बताउँछन्।
२०७५ फागुनमा निर्माण सुरु गरिएको यस डकुमेन्ट्रीको वर्ल्ड प्रिमियर २०८० मा बेलायतको सेफिल्ड डकफेस्टमा भएको थियो।
यसै वर्ष कोरियामा एसियन प्रिमियर गरिएको डकुमेन्ट्री तिहारअघि भारतको हिमाचल प्रदेशको धरमशालामा आयोजित धरमशाला अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा देखाइएको थियो।
साथै कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ मा दर्शकबाट प्रशंसा बटुलेको थियो। हालै काजाक्सतानमा आयोजित प्रथम अलटरनेटिभा फिल्म अवार्डमा, ज्युरीका अनुसार ‘सांस्कृतिक महत्त्व बोकेकाले’ यो ‘नेटिभा’ श्रेणीमा पुरस्कृत भएको थियो। हालै भएको नेपाल अन्तराष्ट्रिय मानव अधिकार चलचित्र महोत्सवमा यसले ‘सर्वोत्कृष्ट वृत्तचित्र’ को उपाधि जितेको थियो।


















