काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले कोरोना महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज मनाउन आग्रह गरेका छन् । शुक्रवार बिहान सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश जारी गर्दै उनले आआफ्नो जीवन रक्षालाई उच्च महत्व दिन अनुरोध गरेका हुन् ।
उनले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनुपरेको भन्दै विज्ञहरूको सल्लाह तथा सरकारको निर्देशन अनुरुप नै सामाजिक व्यवहार गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन्,’यस वर्षकाे तीज काेरोना महामारीले सिर्जना गरेकाे कष्टकर परिस्थितिका बीच मनाउनु परेकाे छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासकाे अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ । महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नाे जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुराेध गर्दछु । तीजको हार्दिक शुभकामना !’


















