क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गरौं: प्रधानमन्त्री

24

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत सबैका लागि प्रेरणाका स्राेत र पथप्रदर्शक रहेको बताएका छन्।

मंगलबार शहीद दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उ‍नले आजको दिन महान शहीदहरूको स्मरणका साथै देश र जनताको मुक्ति एवं प्रगतिका निम्ति उनीहरूले देखेको सपना र गरेकाे अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्न आग्रह गरे।

उनले शहीदका सपना पूरा गर्न मन, वचन र कर्मले सबै क्रियाशील रहन आवश्यक रहेको बताए।

प्रधानमन्त्री दाहालले भने, ‘‍आफ्नो जीवन अर्पण गर्ने महान शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। सम्पूर्ण बेपत्ता भएका योद्धाहरूप्रति उच्च सम्मान र स्मरण गर्दछु। नेपाली समाजको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण र समावेशी लोकतन्त्र स्थापनाका निम्ति महान शहीदहरूले उच्च बलिदान गर्नुभएको छ। राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा संघर्ष गर्ने क्रममा बलिदान गर्ने शहीदहरू विगत, वर्तमान र भविष्यका निम्ति समेत हामी सबैका लागि प्रेरणाका श्रोत र पथप्रदर्शक रही रहनेछन्। उहाँहरूले देख्नुभएको सपना र गर्नुभएको अठोटलाई शिरोधार्य गर्दै क्रान्तिका बाँकी कार्यभार पूरा गर्न संकल्प गर्ने दिन पनि हो। त्यसका निम्ति मन, वचन र कर्मले हामी सबै क्रियाशील रहन सकौं।’

सो अवसरमा प्रधानमन्त्री दाहालले शहीदहरूप्रति श्रद्धापूर्वक स्मरणका साथ हार्दिक श्रद्धाञ्जली अर्पणसमेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here