उपकुलपतिमा थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाल

39

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाका लागि प्रा.डा. शिवलाल भुसाललाई नै जिम्मेवारी तोकेको छ।

कात्तिक १६ मा तत्कालीन त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको पदावधि सकिएपछि सरकारले त्रिविका रेक्टर भुसाललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको थियो। तीन महिनाका लागि दिइएको उक्त जिम्मेवारी मंगलबार नै सकिएको छ।

नयाँ उपकुलपति नियुक्तिका लागि सरकारले आह्वान गरेबमोजिम ४३ जनाले आवेदन दिएका छन्। उक्त प्रक्रियाअनुसार त्रिवि उपकुलपतिको नियुक्ति नभइसकेकाले पुन: भुसाललाई ३ महिनाका लागि जिम्मेवारी थपिएको हो।

नयाँ उपकुलपति छनौट गर्न सरकारले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोक राईको नेतृत्वमा उपकुलपति छनोट तथा सिफारिस समिति गठन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here