काठमाडौं । भारत सरकारले वित्त वर्ष २०२४/२५ का लागि ४७६ खर्ब भारु बराबरको बजेट ल्याएको छ । बिहीबार वित्तमन्त्री निर्मला सीतारमणले आर्थिक वर्षका लागि ४७.६६ लाख करोड अर्थात् ४७६ खर्ब ६ सय करोड भारु बराबरको अनुमानित अन्तरिम बजेट ल्याएकी हुन् ।
सोमध्ये २६.०२ लाख करोड अर्थात् २६० खर्ब २० अर्ब राजस्वबाट उठाइने र १४१ खर्ब ३० अर्ब भारु सरकारी ऋणपत्र (आन्तरिक ऋण) बाट र ११.७५ लाख करोड अर्थात् ११७ खर्ब ५० अर्ब भारु उधारो बजारबाट उठाउने लक्ष्य भारत सरकारले राखेको छ । आर्थिक वर्षमा कूल बजेट कार्यान्वयन कूल गार्हस्थ्य उत्पादन (जीडीपी) मा ५.१ प्रतिशतले घाटा हुने अनुमान समेत भारत सरकारले गरेको छ ।

















