एएफसी एसियन कपको सेमिफाइनल समिकरण पूरा

56

एजेन्सी । एसियाली फुटबलको शीर्ष प्रतियोगिता एएफसी एसियन कपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

सनिवार क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसंगै एसियन कपको सेमिफाइल समिकरण पूरा भएको हो ।

सेमिफाइनलमा साविक विजेता राष्ट्र कतारसहित इरान, दक्षिण कोरिया र जोर्डन प्रवेश गर्न सफल भएको छ ।

त्यस्तै, एसियाली पावरहाउस मानिएको जापानसंगै अष्ट्रेलिया, ताजकिस्तान र उज्बेकिस्तान भने क्वाटरफाइनलबाटै घर फर्किएको छ ।

सनिवार भएको दोस्रो क्वाटरफाइल खेलमा साविक विजेता कतारले उज्बेकिस्तानलाई ट्राइब्रेकरमा ३–२ ले पराजित गरेको थियो ।

त्यसअघि निर्धारित ९० र अतिरिक्त ३० मिनेटको समय १–१ को बराबरीमा सकिएसंगै खेलको निर्णय ट्राइब्रेकरबाट भएको हो ।

यता, सनिवार नै भएको पहिलो क्वाटरफाइनल खेलमा उपाधि दावेदार दुई टोली इरान र जापान आमनेसामने भएका थिए ।

जसमा इरानले बाजी मार्यो । सर्वाधिक ४ पटकका एसियन च्याम्पियन जापानमाथि ३ पटकका च्याम्पियन इरानले २–१ ले खेल जित्यो ।

त्यसअघि शुक्रवार भएको पहिलो क्वाटरफाइनल खेलमा ताजकिस्तानमाथि जोर्डनले १–० को जित निकाल्दा सन् २०१५ को एसियन कप विजेता अष्ट्रेलियालाई २ पटकका पुर्व विजेता कोरियाले २–१ ले पराजित गर्यो ।

एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल महासंघ (एएफसी) को आयोजनामा कतारमा जारी प्रतियोगिताको अन्तिम ४ का खेलहरु मंगलवार र बुधवार राति हुनेछ ।

कोपा अमेरिकापछिको पूरानो महादेशिय प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा जोर्डनले दक्षिण कोरियासंग प्रतिस्पर्धा गर्नेछ ।

मंगलवार राति पौने ९ बजे सुरु हुने खेलमा तुलनात्मक रुपमा कोरिया बलियो टोली हो ।

प्रत्येक ४ वर्षको अन्तरालमा आयोजना हुने एसियाली फुटबलको लोकप्रिय प्रतियोगितामा कोरिया यसपल्ट विजेता बन्ने लक्ष्यमा रहेको ।

टोटनहम हटस्परबाट व्यवसायिक फुटबल खेल्ने सन ह्युङ मिनको कप्तानीमा रहेको टोलीले इतिहासमै पहिलोपल्ट सेमिफाइलसम्मको यात्रा तय गरेको जोर्डनलाई सहजै पराजित गर्दै फाइनल प्रवेश गर्न चाहन्छ ।

उसो त अहमद बिन अली रंगशालामा हुने सेमिफाइनलको पहिलो खेलमा जोर्डन पनि आफ्नो लयलाई कायम राख्दै बलियो राष्ट्र दक्षिण कोरियालाई स्तब्ध तुल्याउँदै फाइनल यात्रा तय गर्ने लक्ष्यमा रहेको छ ।

त्यस्तैगरी, बुधवार राति पौने ९ बजे हुने दोस्रो सेमिफाइनल खेलमा साविक विजेता कतारले बलियो इरानलाई स्तब्ध पार्दै उपाधि घरमै राख्ने योजनाका साथ मैदान उत्रिनेछ ।

सन् २०१९ को एसियन कप विजेता कतारले घरेलु समर्थकको फइदा उठाउँदै इरानलाई पन्छाउन चाहन्छ ।

यता, ३ पटकको एसियन च्याम्पियन इरान पनि कतारलाई उसकै मैदानमा पराजित गर्दै फाइनलमा प्रवेश गर्न चाहन्छ ।

अल थुमामा रंगशालामा हुने उक्त खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

दुबै सेमिफाइनलका विजेता टोलीले फाइनलमा १८ औं संस्करणको एसियन कपको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here