पोखेरा । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार लुडो खेलेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनीहरुबाट ७२ हजार रुपौयाँसमेत जफत गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पोखरा ११ फूलबारीका ३२ वर्षीय प्रदीपबहादुर गुरुङ, सोही ठाउँका ३० वर्षीय सुनिल सारु मगर, ४५ वर्षीय धनश्री पुन, ४८ वर्षीय किसान पुन र पोखरा ६ का ३९ वर्षीय विकास पुन छन् ।
पक्राउ परेका ५ जनाविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमा पोखरा १२ का ६५ वर्षीय नरबहादुर गुरुङ, ६७ वर्षीय बलराम थापा, ४४ वर्षीय भीमबहादुर मगर, ५३ वर्षीया कृष्णकुमारी विक, ५२ वर्षीय सोमबहादुर तामाङ, ४९ वर्षीय जसबहादुर गुरुङ र ५० वर्षीया मीना गुरुङ छिन् ।
उनीहरुकोे साथबाट २ सय १२ पत्ती ताससहित ६४ हजार रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई पनि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरसम्बन्धी मुद्दामा ५ दिनको म्याद थपेर अनुसन्धान अगाडि बढाइएको डीएसपी विकले जानकारी दिए ।


















