सेमिफाइनलमा पुग्न नाइजेरिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै

9

काठमाडौं । आइभोरी कोस्टमा जारी अफ्रिका कप अफ नेसन्सको पहिलो सेमिफाइनलमा बुधबार नाइजेरिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार राति १०ः४५ बजे बोउकी रंगशालामा सुरु हुनेछ ।

हालसम्म ६ पटक फाइनलमा स्थान बनाइसकेको नाइजेरिया सन् २०१३ पछि पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ । त्यसबेला नाइजेरिया बुर्किना फासोलाई पराजित गर्दै च्याम्पियन बनेको थियो ।

त्यसअघि सन् १९८० र १९९४ मा उपाधि जितेको नाइजेरिया सन् १९८८, १९९० र २००० मा उपविजेता बनेको थियो । नाइजेरियालाई भिक्टोर ओसिमहेम, एड्मोला लुकम्यान, सिमी अजयी, मोसेस सिमोन जस्ता खेलाडीको साथ रहनेछ ।

यता दक्षिण अफ्रिका तेस्रो पटक फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । सन् १९९६ को च्याम्पियन दक्षिण अफ्रिकाले पछिल्लो पटक सन् १९९८को फाइनल खेलेको थियो । त्यतीबेला इजिप्टसँग पारजित भएपछि दक्षिण अफ्रिका उपाधि रक्षा गर्न चुकेको थियो ।

दक्षिण अफ्रिका एभिडेन्स माक्गोपा, टिबोहो मोकोएना, टेम्बा जवानी, प्रिसी टाउ जस्ता खेलाडीका साथ मैदान उत्रिनेछ ।

नाइजेरियाले एंगालालाई १-० तथा दक्षिण अफ्रिकाले केप भार्डेलाई पेनाल्टी सुटआउटमा २-१ ले स्तब्ध बनाउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।

नाइजेरिया र दक्षिण अफ्रिकाले हालसम्म १४ खेलमा एक अर्काको सामना गरेका छन् । जसमा नाइजेरिया सात र दक्षिण अफ्रिका दुई खेलमा विजयी भएका छन् । पाँच खेल बारबरीमा सकिएको छ ।

विश्वकप छनोटअन्तर्गत सन् १९९२ मा भएको पहिलो भेटमा नाइजेरिया ४ ० ले विजयी भएको थियो । यसैगरी अफ्रिका कप अफ नेसन्सअन्र्तत सन् २०१९ मा भएको पछिल्लो भेटमा पनि नाइजेरियाले २ १ को जित निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here