हराएकी अदिति गौतम साँखु शालीनदी परिसरमा भेटिए

58

काठमाडौं । काठमाडौंको नारायणटार (जोरपाटी)बाट मंगलबार हराएकी अदिति गौतम साँखु शालीनदी परिसरमा भेटिएकी छिन् ।

तीन महिने सुत्केरी समेत रहेकी उनी हराएको दुई दिनपछि भेटिएकी हुन् । अदिति शालीनदी क्षेत्रमा फेला परेको आफन्तले जानकारी दिए । उनका परिवार र आफन्तले उनलाई भेटेका छन् ।

उनको अवस्था कमजोर रहेको पारिवारिक स्रोतले जनाएको छ । आफन्तले भने,‘खोजबिनको क्रममा भेटिएको छ । अवस्था ठिकै छ।’ मंगलबार दिउँसो घरायसी सामान किन्न भनेर निस्किएकी थिइन् । उनी नफर्किएपछि खोजखबर थालिएको थियो । अदितिले तीन महिनाअघि छोरी जन्माएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here