नेपालमा ३२ प्रतिशत व्यापारिक प्रतिष्ठान अवैध

16

काठमाडौं । नेपालमा करिब ३२ प्रतिशत व्यापारिक प्रतिष्ठानहरु अवैध ढङ्गले सञ्चालन भइरहेको तथ्याङ्क सार्वजनिक भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बिच सार्वजनिक गरेको नेपाल व्यापार सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो । सर्वेक्षणमा करिब ६८ प्रतिशत व्यापारिक प्रतिष्ठान भने सरकारी निकायमा दर्ता भई सञ्चालनमा आएको तथ्य समावेश गरिएको कार्यालयका निर्देशक प्रभा बरालले बताउनु भयो ।

मुलुकमा वैध रुपमा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठानहरुमध्ये महिलाहरुको स्वामित्वमा २६ प्रतिशत रहेको र पुरुषको स्वामित्वमा ७४ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ । २०६५ सालयता गरिएको सो सर्वेक्षणकाअनुसार मोटर ट्रेड एण्ड रिपियरमा महिलाहरुको स्वमित्व सबैभन्दा कम ८ प्रतिशत छ ।

‘‘टोटलमा ७४ पर्सेन्ट प्रतिष्ठानहरु पुरुषको स्वामित्वमा रहेका छन् भने २६ पर्सेन्ट महिलाहरुको स्वामित्वमा रहेको पाइयो । यो दर्ताको आधारमा लिइएको तथ्याङ्क हो । त्यस्तै प्रोभिन्सवाइज हेर्ने हो भने गण्डकीमा ६४ दशमलव ९ पर्सेन्ट चाहीँ पुरुषहरुको स्वामित्वमा र ३५ पर्सेन्ट चाहीँ महिलाको स्वामित्वमा देखाउँछ भने मधेशमा हेर्ने हो भने ८९ पर्सेन्ट मेलको ओनर्सिप र १० दशमलव ८ पर्सेन्ट चाही फिमेलको अनर्सिप देखियो ।’’ कार्यालयकी निर्देशक बरालले भन्नुभयो,  ‘‘अब यो रिटेल ट्रेडमा ७४ पर्सेन्ट मेलको ओनर्सिप देखियो भने २७ पर्र्सेन्ट फिमेलको ओनर्सिप देखियो । अनि, होलसेल ट्रेडमा ८४ पर्सेन्ट मेल र १६ पर्सेन्ट जति महिलाहरुको स्वामित्व छ । र मोटर ट्रेड एण्ड रिपियरमा धेरै पुरुषहरुको ९२ पर्सेन्ट मेल ओनर्सिप र करिव ८ पर्सेन्ट जति महिलाहरुको ओनर्सिप देखियो । भनेपछि यहाँ धेरै महिलाहरु इन्गेज भएको रिटेल ट्रेडमै देखियो ।’’

सर्वेक्षणमा तलव ज्याला र अन्य सुविधा नलिई काममा संलग्न व्यक्तिहरुको सङ्ख्या तलब ज्याला सुविधा लिई काम गर्नेहरु भन्दा बढिरहेको पनि दाबी गरिएको छ ।

गोरखापत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here