काठमाडौं । यूइएफए नेस्नल लिग २०२४-२५ का लागि इटाली, फ्रान्स र बेल्जियम एकै समूहमा परेका छन् ।
बिहीबार गरिएको ‘ड्र’ अनुसार इटाली, फ्रान्स र बेल्जियम एकै समूहमा परेका हुन् । उक्त समूहमा इजरायल पनि परेका छन् ।
त्यसैगरी, स्पेन, डेनमार्क, स्विट्जरल्यान्ड र सर्विया भने एकै समूहमा छन् ।
यता इंग्ल्यान्ड भने फिनल्यान्ड, आयरल्यान्ड र ग्रिसको समूहमा समेटिएको छ ।



















