कांग्रेसकाे आगामी बैठक फागुन ७ देखि १० गतेसम्म बस्दै

40

काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैककलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन केन्द्रीय सदस्य जीतजंग बस्नेतको संयोजकत्वमा स्वयंसेवक परिचालन उपसमिति गठन गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक बस्दै छ । उक्त बैठकलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन कांग्रेसका केन्द्रीय सस्दय बस्नेतको संयोजकत्वमा गठित उपसमितिमा पाँच सदस्य रहने जानकारी मुख्य सचिव पौडेलले दिनुभयो ।

उपसमितिमा उषा राउत मिश्र, विद्धान गुरुङ,  दुजाङ शेर्पा, मेघराज टण्डन र देवेन्द्रकुमार शेरचन सदस्य हुनुहुन्छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here