चिनियाँसँग मैत्रीपूर्ण फुटबल खेल्न नेपाली यू-२३ टोली घोषणा

51

काठमाडौं । चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू-२३ टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार चीनको नेपाल यू–२३ फुटबल टिमको घोषणा गरेको हो ।

चिनियाँ नयाँ वर्षको अवसरमा उक्त मैत्रीपूर्ण फुटबल शनिबार हुन लागेको हो ।

नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद(राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको खेलको सहआयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेको छ ।

नेपाली सिनियर टिमका मुख्य प्रशिक्षक चिनसेन्जो अल्बर्टो एनेसले नै युवा टोलीको प्रशिक्षकको भूमिकामा छन् ।

नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जिव विष्ट, लकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुश घलान, आशिक बाबु, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र अन्जल महर्जन नेपाली टिममा छन् ।

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्ने चिनियाँ यान्सुको प्रान्तीय टिम बिहीबार नेपाल आइपुगेको छ ।

मैत्रीपूर्ण खेल २७ माघ शनिबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुनेछ । उक्त खेलका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० टिकट दर तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here