आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

17

 

काठमाडौं । नवलपरासी पश्‍चिम, सुस्ता गाउँपालिका-२ कुडिया बस्ने ७९ वर्षीय रामपत यादवको घरमा विद्युत सर्ट भई शुक्रबार राति आगलागी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, फिदिम नगरपालिका-१ मेनलाईनस्थित सोही नगरपालिका-२ बस्ने केशव पौडेलले संचालन गरेको न्यू मिनि स्टार कम्प्युटर इन्सिच्युटमा विद्युत सर्ट भई शनिबार दिउँसो आगलागी हुँदा करिब १५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here